सम्झन्छु उनैको प्रीत मिठो
सुन्दैछु उनैको गीत मिठो
भो जन्मथलोको याद सधैँ
छल्किन्छ उनैको धीत मिठो
झेल्दैछु अनेकौँ कष्ट यहाँ
ताजा छ हियामा नीत मिठो
निल्दैछ बलेको आतपले
पाउन्न पियारो शीत मिठो
जाली छ अघोरै दैव पनि
बेजान बनायो मीत मिठो
खप्नेछु म आफ्नो हार बरु
चाहन्छु उनैको जीत मिठो
छन्द:- सुषमा
(६ अक्षरमा विश्राम)
-कोमल भट्ट
च.न.पा.१३,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
प्रतिक्रिया