उदायाै मेरो त्यो रहरभरिकाे गाथ बनाई
सिकायाै नाैलाे त्यो भरपुर गरी साथ मलाई ।
जुनै बेला हो त्यो नजिकबसि त्यो गीत बनाई
समातेरै मेरा नयन भरिकाे प्यास मिटाई ।।
न राम्रो लाकी छन् कुशुमसरिका बाल समाई
न मीठो खाकी छन् रहर शिशुको भर्न लगाई ।
न निन्द्रा मस्ती छन् तनभर चुसी बाल समाई
अगालेकी हुन्छिन् जनक जननी नित्य रमाई ।।
पढी ज्ञानी बन्ने सपनिमयका दीप जलाई
उठी सारा आफ्ना कहरहरु ती तृप्त गराई ।
बढी सारा आफ्नाे कुल घर सबै मान बढाई
सबै आशा बाेकी नयनभरका दीप जलाई ।।
न खेत बारीमा लगिकन कुनै काम गराई
न खाना भान्सामा बसिकन कुनै गर्न लगाई ।
न धारा काेठामा भए भर सबै पाेछ लगाई
कसैको आशामा नबसि उनले काम समाई ।।
तिनै आमा हुन्जेल सकल दुनियाँ गीत बनाई
अघाउन्जेल् खान्छन् नयनभरिकाे प्रीत बनाई ।
कति राम्रो हाम्रो घर बनी सफा झ्यालहरुमा
लिपी राख्ने मेरी जनक जननी देवहरुमा ।।
नारायण प्रसाद न्याैपाने
सुनवल १२ नवलपरासी
हाल, काठमाडौं ।
प्रतिक्रिया