भर्चुअल प्रेम

विष्णु पगेनी सिग्देल , मेरिल्याण्ड अमेरिका ।। २०७७ वैशाख ९ गते १:३५ मा प्रकाशित

अलि दिन नेभेटेरै तिमीलाई मलाई राम्रो प्रिय
नभेटे नि माया गाढा पक्कै हुन्छ हाम्रो प्रिय ।।
यस्तो बेला फोनबाट गफ गरे हुन्छ जाती
माया मीठो भन्छ्न प्रिय राख्न सके थोरै थाती ।।

माया हाम्रो मर्ने होइन तिमी र म टाढा हुँदा
अझ माया झ्याङिने छ एकको लागि अर्को रुदा
टाढा हुँदा भन्छन माया नजिक हुँदा भन्दा धेरै
भूगोलमा नखोज न, हौ नि प्रिय तिमी मेरै ।।

भेटेपछि गफ होला विछोडका मीठा तीता
विछोड हुनु परेकैथ्यो रामसंग उनकी सीता ।।
इतिहासलाई हेरेर नै वुझाउ तिमी मन प्रिय
विछोड पछि हाम्रो माया गाढा हुन्छ झन प्रिय ।।

माया हाम्रो साच्चै मीठो राधाकृष्ण प्रेमजस्तै
मुना अनि मदनको माया थियो नि कसम त्यस्तै
परीक्षाको घडी आउँदा सबलाई हुन्छ यस्तै यस्तै
दुवै मिलि पार गरौ वाधा विघ्न आए जस्तै ।।

पर्ख न त केही दिन राम्रा दिन नि आउला नि
विछोड्को हाम्रो प्रेममा खुसियाली छाउला नि ।।
अलि दिन नभेटेरै तिमीलाई मलाई राम्रो प्रिय
नभेटे नि माया गाढा पक्कै हुन्छ हाम्रो प्रिय ।।

विष्णु पगेनी सिग्देल , मेरिल्याण्ड अमेरिका ।।

प्रतिक्रिया