कुहिरो भित्रको यात्रा र मायांको प्यास

सुशील नेपाल २०७७ वैशाख ५ गते २१:२५ मा प्रकाशित

-सुशील नेपाल

मायालाई म कसरी परिभाषित गरूं?
धनलाई त देखिन्छ,
घमन्ड कुन्ठा र तुजुक जन्माउने राक्षस,
तर मन ?
भन ,
म मनमा लागेको कुरा सोझै भन्न सक्छु ?
तिमीलाई ए जिन्दगी ?
शायद भन्न नसकूंला ,
कसरी भनूं मायासंग कसौंडी जोडिएर
मलाई लज्जित गराएको छ
आफू पुरूष हुनुको अनुभूतिले,!

शरीरलाई चुम्नुमा माया छ र ?
अहं छैन,
मेरो मात्र स्वार्थ पनि त हुनसक्छ,

मेरो चाहानामा एऊटा यात्रा जोडिएको छ,
त्यसलाई जीवन भनिन्छ,

उमेर वढदैं गयो,
वाटोमा कर्मका मीलका पत्थर आउंदै गए,
विलाउंदै गए,
जीवन त कुहिरो भित्रको यात्रा रहेछ,
वाटो पनि सुनशान !

साथमा माया लिएर हिडने चाहानाको पोको भिरेको छु,
तर कुहिरो भित्रको यात्रामा आफ्नो मात्र चिन्ता गर्छ, हरेकको मनले,

माया गर्नेले देखाउनु पर्दैन,-
भूईचालोमा वच्चा जोगाउन विरालोलाई पनि
सिकाउनु पर्दैन,
उदात्त छ त्यो ममत्व, त्यो माया,

एक्लो हुंदा कुईरो भित्रको यात्रा पनि डरलाग्दो हुंदो रहेछ,
खोज्छ साथ,
कस्ले कस्लाई गर्छ र माया ?
माया गरेको या पाएको यात्री भेटन गाह्रो छ,
यो निर्जनको कुईरो भित्रको यात्रामा,

माया भनेको समर्पण हो,
समर्पण यात्राको अन्त हैन,
शुरूवाट हो ।
जीवनको ,
कुहिरो भित्रको यात्राको !

राजमित्र प्रांगण,
माल्डेन,(वोस्टन)
अमेरीका
[email protected]

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया