यस्तो नयाँ बर्ष आओस्
घर घरमा हर्षको बर्षात छाओस् ।।
विज्ञानले नयाँ जुक्ति ल्याओस
संसारले महामारीबाट मुक्ति पाओस् ।।
अनुहारमा खुसीका रङ्ग चढोस्
जीवन जिउने ढङ्ग बढोस् ।।
साच्चै त्यस्तो दिन आओस
पीडा दुख परै जाओस् ।।
रातपछिको बिहानी जस्तै
जीवनको मीठो कहानी जस्तै
संकट सारा घट्दै जाओस
कालो बादल हट्दै जाओस ।
विरामी सबै घर घर आऊन
आफन्तले एक-अर्कालाइ भेट्न पाऊँन ।।
मानिस खुसीले झुम्न लाओस
निस्फिक्री स्वतन्त्र भइ घुम्न पाओस् ।।
रुखमा पालुवा पलाए जस्तै
अँध्यारोलाई दियोले जलाए जस्तै
यस्तो नयाँ बर्ष आओस
सारा जगमा हर्ष छाओस् ।।
कोइलीको मीठो गीत जस्तै
विहानीको दुबोको शीत जस्तै
यस्तो नयाँ वर्ष आओस
सबैको जीवनमा हर्ष छाओस् ।
यस्तो नयाँ बर्ष आओस्
घर घरमा हर्षको बर्षात छाओस् ।।
विज्ञानले नयाँ जुक्ति ल्याओस
संसारले महामारीबाट मुक्ति पाओस् ।।
-विष्णु पगेनी सिग्देल
मेरिल्याण्ड, अमेरिका ।
प्रतिक्रिया