मेरो परिवार,आफन्तहरु,साथी संगी भलो
चिताउने नचिताउने सबैमा नव वर्ष २०७७को हार्दिक मंगलमय शुभकामना !!!”
यदि भए भने कतै,संसारलाई दुःख दिने ‘कोरोना’ छिट्टै दूर भागोस्।
यदि भए भने कतै नव वर्ष २०७७देखि..कलीयुग हटेर सत्ययुग लागोस् !
कालो मैलो सबैको मनबाट हटोस्,
हाँसो,ख़ुशी,मित्रता बढोस्,
यदि यस्तो भए भने कतै,रिस-राग,दूरी र इर्ष्या घटोस् !!
युद्ध हुँदै नहुन् पृथ्वीमा भए भने कतै,लोभी र पापी मरुन् !
अग्नि क्रोधित भई ज्वालाहरू फैलिए भने कतै,असतीहरु परुन् !!
भ्रष्टाचार र चाकडी हुँदै नहुन्,भए भने कतै, तिनका सर्वस्व नाशी जाउन् !
हेपाह चेपाह,बलात्कारी, घुसखोर
सबका सबलाई मृत्यूदण्ड फाँसी होउन् !
शुभकामना,इच्छा,मनोकामनाहरू पूरा होउन् !
यदि यस्तो भए भने,नेताहरूको देश र जनता प्रतिको स्नेह बढ्दै जाउन्।
*****अस्तु*****
प्रतिक्रिया