एनआरएन पोर्चुगलका उपाध्यक्षले पत्रकार कुटे, पत्रकार महासंघले निकाल्यो कडा बिज्ञप्ति

इनेप्लिज २०७६ माघ २९ गते २२:४७ मा प्रकाशित

गैर आवासीय नेपाली संघ पोर्चुगलका बरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पत्रकार माथि हातपात गरि गम्भीर घाइते बनाएका छन्। पोर्चुगलको लिस्बोनमा भएको राजेश पायल राइको सांगीतिक प्रस्तुति रहेको एक कार्यक्रममा समाचार संकलनको लागि पुगेका पत्रकार तथा गैर आवासीय नेपाली संघ पोर्चुगलका सदस्य सबिन धिताल माथि सांघातिक आक्रमण गरेका हुन्।

थापाको आक्रमणबाट घाइते भएका पत्रकार धितालको लिस्बनको एक अस्पतालमा उपचार पश्चात प्रहरीमा जाहेरी दिएका छन् भने लिस्बन प्रहरीले उपाध्यक्ष थापाको खोजि गरिरहेको बताइएको छ।

यता पत्रकार धिताल माथिको सांघातिक आक्रमणको कडा शब्दमा निन्दा गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाले एक बिज्ञप्ति जारि गरेको छ। शाखाका अध्यक्ष केजिन राइ द्वारा जारि बिज्ञप्तिमा समाचार सम्प्रेसन र प्रशारण गरेकै निहुमा पत्रकार माथि गुण्डा सैलिमा आक्रमण हुनु गम्भीर भन्दै कडा शब्दमा घटनाको निन्दा र भत्सर्ना गरेको छ।

प्रतिक्रिया