मसेस् युनिभर्स’मा नेपाली अनिलार्ला दुई उपाधि

इनेप्लिज २०७६ पुष १५ गते १८:३४ मा प्रकाशित

 

काठमाडौं । चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगीतामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् ।

सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागीता रहेको थियो ।

उनलाई ईप्लानेट प्रा.लिले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधिका साथ उक्त प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा शिर्ष उपाधि भने म्यानमारले जितेको थियो ।

आफुलाई फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला श्रेष्ठ २००५देखि प्याजेन्ट क्षेत्रमा उदाएकी थिइन् । ग्रीन आर्टस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत हुन् ।

एक दशक भन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया