कबिताः तिमी पूण्यको भागीदार छैनौ भने

इनेप्लिज २०७६ पुष १ गते १२:२३ मा प्रकाशित

तिमी पूण्यको भागीदार छैनौ भने
पाप सबै मलाई थोपरी दिनु
म सागर बनेर स्नान गरिदिमला

आफू निष्ठुरी सम्झंदै बस्यौ भने
भूलहरु मलाईनै पोखाइ दिनु
म पवित्र गंगा बनी चोखी दिमला

कुलतिएको शिकारी भएछौ भने
दोषहरु सबै सुम्पी दिनु
म अर्तिको दियो खोजी बसमला

अझै पनि लड्बडाइ रहेछौ भने
अपाङ्गतामा समावेश हुन दिनु
बैसाखीको बिकल्पमा आइदिमला

सबै गल्तीका एउटा चिठ्ठि लेखि दिनु
म सुबाटोको प्रतिनिधित्व संझेर
शीतलताको छहारी बनीदिमला

जीन्दगीको एउटा भूलको गाँठो
फुकाउने मौका मलाईनै दिनु
म सुल्झउने कोशिशमा रहमला

बिवसताको पाटो छुट्टै भए पनि
म ताराहरु बीचको चन्द्रमा बनमला
आकाश र धर्ति बिचको पवन बनमला

अलका मल्ल
काठमाडौं

प्रतिक्रिया