शैक्षिक सामग्री तथा पोसाक वितरण

इनेप्लिज २०७२ जेठ २१ गते ४:४३ मा प्रकाशित

educational-materialsअत्तरिया (कैलाली), २१ जेठ । कमैया प्रथा उन्मूलन समाजले निम्नवर्गका ६५ मुक्तकमैया बालबालिकाको शिक्षामा पहुँच बढाउन शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको छ ।

मुक्तहलिया, कमैया, कमलरीको स्वतन्त्रता सवलीकरण परियोजनाअन्तर्गत लुथ्ररन विश्व फेडरेसनको आर्थिक सहयोगमा उर्मा गाविसका दुई विद्यालयका मुक्तकमैया बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको हो ।

उर्मा–७ ‘ग’ धुरझनाका न्यू कालिका प्राथमिक विद्यालयका ३७ जना र उर्मा–७ धुरझनाका कालिका प्राथमिक विद्यालयका २८ जनालाई शैक्षिक सामग्री वितरण गरिएको समाजका कार्यक्रम संयोजक जगदीश रानाले बताउनुभयो ।

प्रतिक्रिया