अनेसास न्यूयोर्क शाखाको अध्यक्ष पदमा शकुन ज्ञवाली निर्वाचित ,साहित्यमा उनको योगदान के के छ ?

इनेप्लिज २०७६ कार्तिक ४ गते ०:३९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क शाखाको सम्पन्न निर्वाचन बाट साहित्यकार शकुन्तला ज्ञवाली निर्वाचित भएकी छिन् । उनको साहित्यिक नाम शकुन ज्ञवाली हो ।

शकुन ज्ञवालीको अध्यक्षतामा निर्वाचित समितिको उपाध्यक्षमा शान्ता घिमिरे, महासचिव राजन महर्जन, सचिव मेनका पराजुली र कोषाध्यक्ष जानुका ओस्ती ढकाल रहेका छन् । यसै गरि शाखाको कार्यकारी समिति सदस्यहरुमा सिर्जना लामा र शोभा गौतम छन् ।

सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् भने नव निर्वाचित अध्यक्ष ज्ञवालीको अनेसासको यात्रा सदस्य ,महासचिव, उपाध्यक्ष हुँदै उनले नेतृत्वको जिम्मेबार पाएकी छिन् । उनले यो संस्थामा सदस्य देखि काम गर्दै आएकोले अब नेतृत्वमा चयन भएकोले आफ्नो काँध माथि जिम्मेवारी आएकोले संस्थाको गरिमा अभिवृद्धि गर्न राम्रो कार्यक्रम पस्कने र संख्यात्मक भन्दा गुणात्मक कार्यक्रम ल्याउने सोचमा रहेको बताईन ।

सबैको सहयोग र शुभेक्षाको कारण निर्बिरोध रुपमा हामी सबैलाई चयन गरिएकोले आभार प्रकट गर्दै सबैको अपेक्षा प्रति गम्भीर रहेको र सो अनुसार कार्य गर्ने प्रतिबद्धता समेत जाहेर गरेकी छिन् ।

को हुन् नव निर्वाचित अध्यक्ष शकुन्तला ज्ञवाली ?

उनको पुरा नाम शकुन्तला ज्ञवाली हो भने साहित्यिक नाम शकुन ज्ञवालीले उनलाई चिनिन्छ । जन्मथलो /पुर्खौली घर गुल्मी हो भने हाल अन्य परिवारहरुको बसाई पोखरामा रहेको छ ।

पोखरा हुदै बिगत ७ बर्ष देखि बिश्व कै सम्राट राज्य न्यूयोर्कलाई कर्मथलो बनाएकी छिन् । पिता निशाकर ज्ञवाली तथा माता स्व धन लक्ष्मी ज्ञवाली कि सुपुत्री ज्ञवाली समाज शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन ।

अमेरिकामा चिकित्सा सहायक(मेडिकल एसिसटेन्ट )मा पेसामा संलग्न रहेकी ज्ञवाली विभिन्न साहित्यिक संस्थाहरुमा संलग्नता रहेको छ । उनि अलि मिंया लोक बाङ्ग्मय प्रतिष्ठान ,सप्तरंगी सांस्कृतिक प्रतिष्ठान, लेख नाथ साहित्य प्रतिष्ठान ,धौलागिरी साहित्य प्रतिष्ठान लगायत संस्थामा आजीवन सदस्य रहेकी छिन ।

न्यूयोर्कमा हुने विभिन्न कार्यक्रमहरुमा बिशेष साहित्यिक विधामा प्रभावकारी कार्यक्रम प्रस्तोताको रुपमा उनलाई चिनिन्छ । उनले हालसम्म ४ वटा कविता संग्रह प्रकाशित गरेकी छिन् । उनका साहित्यिक कृतिहरु आयुष ,पालुवा र मन्जरी ,तिमी र म रहेका छन् ।

भन्दिनु है बा कविता संग्रह लगायत आधा दर्जन तीज गीत र लोक दोहोरी एल्बम प्रकाशित भै सकेका छन् । यसै गरी उनका प्रकाशोन्मुख कृतीहरु कविता संग्रह ,मुक्तक संग्रह ,गजल संग्रह र कथा संग्रह रहेका छन् ।

उनि अमेरिका स्थित गुल्मी बिकास अभियान तथा अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटी द्वारा सम्मानित भएकी छिन । तिमी र म कविता संग्रहका लागि अन्तराष्ट्रिय नेपाली साहित्य समाज द्वारा प्रत्येक २ बर्षमा प्रदान गरिने सर्बोत्कृष्ट बर्ष पुस्तक २०१८ बाट पुरस्कृत भएकी छिन् ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज द्वारा तेश्रो अन्तराष्ट्रिय महिला साहित्य सम्मेलनमा डायस्पोरामा बसेर नेपाली साहित्य पुर्याएको योगदान स्वरुप बिशिस्ट महिला साहित्य पुरस्कार २०१८ तथा अलि मिंया लोक बाङ्गमय प्रोत्साहन पुरस्कार द्वारा पुरस्कृत ( २०६५ )द्वारा पुरष्कृत भएकी छिन् ।

अनेसासले आयोजना गरेका कबिता प्रतियोगिता मध्ये भानु जयन्ती २०१३ मा प्रथम ,लक्ष्मी जयन्ती २०१४ मा प्रथम तथा भानु जयन्ती २०१५ मा प्रथम भएकी छिन् ।

यसै गरि २०५३ मा लुम्बिनी अञ्चल स्तरिय दोहोरी गीत प्रतियोगितामा प्रथम भएकी छिन् । उनि अनन्त सामुदायिक संस्था,नारी प्रतिभा बाङ्ग्मय प्रतिष्ठान ,अन्तराष्ट्रिय साहित्य समाज गण्डकी अञ्चल ,माछापुछ्रे एफ एम सृजनशील महिला संघ लगायत ३ दर्जन संघ/संस्थाहरु बाट सम्मानित भएकी छिन् ।

ज्ञवाली न्यूयोर्कमा पति बिमल सापकोटा तथा छोरीहरु अनुस्का र आज्ञा सापकोटा संग बसोबास गर्छिन ।

प्रतिक्रिया