देशवासी सबै हाँसून्,यो दशैँमा
स्वच्छ सद्भावना बाँडून् यो दशैँमा
स्नेह वर्ष्योस् भवानीको रोजरोज
दुर्दशाले विदा मागून्,यो दशैँमा
शत्रुताले गुम्यो हाम्रो शान्ति आज
मित्रताले जरा हालून्,यो दशैँमा
सोच सारा बनून् अग्ला शैल जस्तै
क्षुद्रताको बिटो मारून् यो दशैँमा
प्रेमधारा बहून् चोखा निर्झरा झैँ
दुष्ट बानी सबै फ्याँकून्,यो दशैँमा
एकता भो भने मात्रै बन्छ देश
भाइचारा दिगो राखून्,यो दशैंमा
(बहरे असम)
-कोमल भट्ट
चन्द्रागिरी न.पा -१३
काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
प्रतिक्रिया