मेरो भुल बोलको म्युजिक भिडीयो सार्वजनिक

इनेप्लिज २०७६ असोज ८ गते १०:३८ मा प्रकाशित

अस्ट्रेलिया र नेपालमा खिचिएको म्युजिक भिडीयो सार्वजनिक भएको छ । यो मेरो भुल बोलको म्युजिक भिडीयोमा शिसीर जय खरेल र अर्चना क्षेत्री फिचर्ड छन् । जहाँ उनीहरु रोमान्टिक मुडमा देखिएका छन् । सार्वजनिक गीतमा स्वर शब्द तथा संगीत भने बिनोद ढकालको सुन्न सकिन्छ ।

गीतलाई एरेन्ज भने दिनेश श्रेष्ठले गरेका हुन् । आदित्य राणाले निर्देशन ,छायाँकन र सम्पादन गरेको म्युजिक भिडीयोमा सब्बु तामांग र अमिया गुरुङको मेकअप, रबिन आचार्यको छायाँकन देख्न सकिन्छ ।

प्रतिक्रिया