काठमाडौं,
नेपालीहरुको महान् पर्व दशैँ नजिकिदै छ । यही पर्वलाई लक्षित गरी दशैँ सम्बन्धि गीतहरु सार्वजानिक हुने क्रममा छन् । यही मेसोमा किर्तिमानी गीतकार डा डीआर उपाध्यायले ‘दशैँ तिहार घरमै मनाउला…’ गीत लिएर आएका छन् । सन्तोष श्रेष्ठ र सुरुची पन्थीको स्वर र सन्तोष कै सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
‘मनमा माया बोकेर आउँला
दशैँ तिहार घरैमा मनाउला
दशै तिहार आयो…’
गीतमा परदेश गएको घरमुली घरमा आउँने दिन कुरेर बसेका परिवार र परदेशबाट घरमा आउँन लागेको मा खुशीयाली व्यक्त गरिएको छ ।
‘नेपालीहरुको महान् पर्व दशैँ तिहारलाई लक्षित गरी दशैँ तिहार गीत स्रोता दर्शकमाझ प्रस्तुत गरेका हौँ’, डा. डीआरले भने । गीत डीआर म्युजिक एण्ड क्रिएशन बाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया