टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक

इनेप्लिज २०८२ जेठ ३० गते १०:३४ मा प्रकाशित

काठमाडौं, जेठ २९ ।

टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक गरिएको छ । यही जेठ ३१ गते शनिबार वेलुका ७ वजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आउन लागेको यस सिरियलको गीत ‘कान्छी’ सार्वजनिक भएको हो ।

गीतमा आकाश मगरको शब्द संगीत र रामचन्द्र काफ्लेको स्वर रहेको छ । यज्ञजंग विक (आयुष)को कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार सरिता ढुंगाना, प्रशान्त बुढाथोकी (करण) हेमराज घर्ती फिचरिङ हुनुहुन्छ ।

पूर्वी रुकुमको सुन्दर दृश्यहरू कैद गरिएको गीतले सिरियलको प्रतीक्षा झन बढाउने देखिन्छ । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ । नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय बाचा बन्धनमा देख्न पाईने जनाइएको छ ।

‘सकम्बरी’ गप्तबाट चर्चित कुशुम, ‘जुठे’ सिरियलबाटबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गर्नुभएका प्रशान्त बुढाथोकीको गीतमा त्रिकोणात्मक प्रेम कथा झल्केको देखिन्छ । फिल्मी शैलीमा निर्माण भएको यो सिरियलको पोष्टर र ट्रेलर यसअघि सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया