न्युयोर्क शहर मा बसन्त चौधरी अभिनन्दित

इनेप्लिज २०७६ भदौ २७ गते १४:२९ मा प्रकाशित

सेप्टेम्बर ११ २०१९ दिन न्युयोर्क शहरको ज्याक्सन हाइट्सको बेलेजिल्लो हलमा प्रतिष्ठित ब्यापारी(चौधरी घराना ) बरिष्ठ कवि तथा गीतकार वसन्त चौधरीको बिश्व काव्य यात्रा दोश्रो शृंखला अन्तर्गत न्युयोर्क श्रृङखला एक भब्य समारोहबीच सफलतापुर्वक समापन भयो।

अनेसास न्यूयोर्क च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व च्याप्टर अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।कार्यक्रम का प्रमुख अतिथि न्युयोर्क स्टेट सिनेटर जोन सी लिउ, कार्यक्रम का मुख्य आकर्षक बसन्त चौधरी र अनेसास बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गीता खत्री विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको शुरुवात बिशेष अतिथि र स्वयं कार्यक्रमका प्रमुख आकर्षण कबि बसन्त चौधरीका हातबाट पानसमा बत्ती बालेर गरिएको थियो।

कार्यक्रमको शुरुवात लोकप्रिय कलाकारद्वय सपना श्री र संगीता छोचुंले नेपाली राष्ट्रिय गान र प्रतिभावान सानी कलाकार अर्मानी महर्जनले अमेरिकन राष्ट्रिय गान गाएर गरिएको थियो।स्वागत मन्तव्यका लागि आउनु भएका कार्यक्रम सभापति राजेन्द्र श्रेष्ठले सबै उपस्थित अतिथिहरुलाई स्वागत गर्नुका साथ साथै 9/11 को दिनमा परेको कार्यक्रममा समस्त अमेरिका र विश्वका निम्ति कालो दिनको सम्झना दिलाउँदै केहि क्षण मौन धारण गर्न आह्वान गर्नुभयो।

प्रख्यात उद्योगपति तथा समाजसेवीका रुपमा देश तथा बिदेशमा सुपरिचित बसन्त चौधरीले अनेक कालजयी गीतहरु नेपाली संगीत जगतलाई प्रदान गरेर तथा नेपाली तथा हिन्दि भाषामा आफ्ना कविता संग्रह प्रकाशित गरेर एक कुशल गीतकार र कबिका रुपमा पनि आफ्नो बिशिस्ट पहिचान बनाउनु भएको छ।

कार्यक्रममा उहाले लगभग एक घण्टा एकल कबिता बाचन शैलीमा आफ्ना पुर्व प्रकाशित र प्रकाशोन्मुख कबिता, गीत/गजल र मुक्तक बाचन गरेर सबैको मन जित्नु भएको थियो। नेपाली भाषा मात्र नभएर उहाँले हिन्दि तथा अंग्रेजी कविता/गीतहरु मार्फत उपस्थित बिदेशी अतिथिहरुलाइ पनि उत्तिकै हर्षित बनाउनु भएको थियो। नेपाली,बिदेशी भाषा साहित्य प्रेमी दर्शकहरुले हल खचाखच भरिएको थियो ।अत्यन्त मिठो स्वर र नम्र मिजास का धनि चौधरी संगै दर्शक हरु ले पनि गजल गाएर झुमेका थिए समय बितेको पत्तै पाएका थिएनन् ।

कार्यक्रममा प्रमुख अतिथि,बिशेष अतिथि र स्वयं श्रस्टा द्वारा चौधरीको नया कविता संग्रह “बसन्त”को लोकार्पणपनि गरिएको थियो। सो पुस्तक नेपाली भाषामा मात्र नभएर हिन्दी ,मैथली ,मारवाडी, नेपालभाषा, बंगाली, अंग्रेजी आदि गरि ९ भाषामा प्रकाशित गर्नु भएको छ जुन नेपाली साहित्यमा एउटा इतिहासनै बनेको छ।

सोहि अवसर मा न्युयोर्क बासी नेपालीको तर्फबाट उहा लाई अभिनन्दन गरिएको थियो ।प्रमुख अतिथि जोन सी लिउ र बिशेष अतिथि गीता खत्रीले अभिनन्दन पत्र र सभापती राजेन्द्र श्रेष्ठ ले दोसल्ला र पुष्प गुच्छा अर्पण गर्नु भएको थियो ।

उक्त अभिनन्दन पत्र मा लेखिएको कार्यक्रम कि उद्घोषक शकुन ज्ञवालीले पढेर सुनाउनु भएको थियो ।सोहि अवसर मा न्युयोर्क सिटी को तर्फबाट बसन्त चौधरी ज्यु ले नेपाली साहित्य र काब्य जगत लाई विश्व काब्य शृंखला मार्फत संसार भरी नेपाल लाई चिनाउनुका साथै नेपाली कला साहित्य मा उहा ले पुर्याउनु भएको योगदान को कदर गर्दै प्रमुख अतिथि श्री जोन सी लिउ ले साऎटेसन प्रदान गर्नु भएको थियो ।

अभिनन्दित व्यक्तित्व बसन्त चौधरी ले कार्यक्रम का प्रमुख अतिथि र अनेसास न्युयोर्क च्याप्टरलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।लेखक स्वयम्ले आफ्नो नया कृति “बसन्त”को नौ वटै भाषाको किताबहरु प्रदान गर्नु भएको थियो। अत्यन्तै उल्लासमय वातावरण मा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रम मा लेखक ले अनेसास न्यु योर्क च्याप्टरलाई बिशेष धन्यबाद दिंदै यस काब्य यात्रामा सहयोग गर्ने सबै र उपस्थित श्रोता तथा सहभागी साहित्य प्रेमीहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो। बिशेष अतिथि गीता खत्रीले बसन्त चौधरीलाई बधाई दिनुका साथै उहाको विश्व काब्य यात्राको अन्तिम शृंखला पनि न्युयोर्क मै गर्ने घोषणा गर्दै आफनो मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रम का सभापति राजेन्द्र श्रेष्ठ र समाज सेवी सोमनाथ घिमिरे ले उपस्थित सम्पूर्ण पाहुना हरु लाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम को समापन गर्नु भएको थियो। कार्यक्रम को उद्घोषक अनेसास न्युयोर्क च्याप्टर का उपाधक्ष्य शकुन ज्ञवाली ले कुशलता पुर्बक गर्नु भएको थियो ।

तस्विर ; हाम्रो फ़ोटो डटकम

प्रतिक्रिया