काठमाडौँ, २७ भदौ । सिद्धबाबा सडक खण्डमा पहिरोले २ जीप पुरिँदा १ जनाको मृत्यु भएको । घटनामा अन्य ४ जना घाइते भएका छन् ।
पाल्पाको तिनाउ गाउँपालिकाकाे दोभान हेडबक्स नजिकै शुक्रबार बिहान १०ः३० बजे खसेको सुख्खा पहिरोले लु १ ज २६१७ नम्बरको जीप पुरिँदा गुल्मी छापचौरका कमल परियारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार परियारकाे घटनास्थलमै मृत्यु भएको हो । सडकमाथिबाट खसेको ढुंगाले लागेर सोही जीपमा सवार ४ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते चारै जनालाई उद्धार गरेर प्रहरीले लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको छ । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ ।
त्यस्तै, लु २ च ५९३८ नम्बरको स्कार्पियो जीप पनि सुख्या पहिरोमा परेको थियो । यद्यपि, स्कार्पियोमा सवार व्यक्तिहरू भने सकुसल रहेकाे प्रहरीले जनाएकाे छ ।
पहिरो खसेको १ घण्टापछि सडकको अवरोध हटाएर सवारी एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया