डा. डीआर उपाध्यायको गीत लेखेर एक पछि अर्को किर्तिमान

इनेप्लिज २०७६ भदौ १२ गते १०:५७ मा प्रकाशित


काठमाडौं,

गीत लेखेर एक पछि अर्को किर्तिमान कायम गरेका छन् डा. डीआर उपाध्यायले । उनले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रिेलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त समेत प्राप्त गरिसकेका छन् । उनले नेपाली गीत÷सङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेको हो ।

‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता÷दर्शकमाझ ल्याएका डा. डीआर उपाध्यायले गीत लेखनबाट विभिन्न रेकर्ड राख्न सफल भएका हुन् ।

 

‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुँने विभिन्न गीत सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायः जसो सबै अवार्डमा अवार्ड चुम्न सफल भएका छन् ।

किर्तिमानी गीतकार डा. डीआर उपाध्याय उपन्यास लेखनमा पनि त्यतिकै सशक्त रुपमा कलम चलाउँदै आएका छन् । उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

‘म समाजका लागि गीत लेख्छु, आत्म सन्तुष्टिका लागि गीत लेख्छु’, भन्ने गीतकार डीआर उपाध्याय आफूले रेकर्ड, पुरस्कार र अवार्डका लागि गीत न लखेको भए पनि गीत स्रोता÷दर्शकले मन पराउँदै जादा गीतले आफूलाई पुरस्कार, अवार्ड दिलाउनुका साथै रेकर्डहरु राख्न सफल भएको बताउँछन्

प्रतिक्रिया