दामोदर पुडासैनी प्रतिभा पुरस्कार प्रदान

इनेप्लिज २०७६ भदौ १० गते २३:३१ मा प्रकाशित

 

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले यस बर्षको साहित्य तथा कला क्षेत्रको पुरस्कार चार स्रष्टाहरुलाई भब्य समारोह बीच प्रदान गरेको छ । कोषले काठमाडौँमा आयोजित एक भब्य समारोहमा बि स २०७६ सालको दामोदर पार्वती सर्वोत्कृष्ट साहित्य पुरस्कार वरिष्ठ साहित्यकार रामबाबु सुबेदीलाई प्रदान गरियो ।

त्यसै गरि बि स २०७६ सालको दामोदर पार्वती सर्वोत्कृष्ट नृत्यकला पुरस्कार वरिष्ठ नृत्याङ्गनाहरु पिंकी खड्का श्रेष्ठ ,सबिना डंगोल महर्जन र कल्पना फुयाल पौडेललाई प्रदान गरियो । वहाहरुलाई संस्थाका संरक्षक दामोदर पुडासैनी किशोर ,अध्यक्ष पार्वती पुडासैनी तथा प्रमुख अतिथि डा तुलसी प्रसाद भट्टराईले नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

समारोहमा संस्थाका संरक्षक दामोदर पुडासैनीले यस कोषले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा साहित्य,कला ,संगीत र बिज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टाहरुलाई बर्षेनी पुरस्कार तथा सम्मान गर्दै आएको बताउनु भयो ।

समारोहमा साहित्यकार डा शैलेन्द्रु प्रकाश नेपाल ,उमेश पाण्डे तथा रत्नमणि अनामणिले दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले राष्ट्रिय बांग्मयको सम्वृद्धि उल्लेखनीय योगदान पुर्याएको छ भन्नु भयो ।

सो अवसरमा विभिन्न स्रष्टाबाट स्थापित पुरस्कार घनश्याम राज कर्णिकार ,डा घनश्याम परिश्रमी ,दिला शाह ,डा धनेश्वर भट्टराई आदिलाई प्रदान गरिएको थियो । कार्यक्रममा म्हैपी जुम्बा तथा एरोबिक केन्द्रका कलाकारहरु जमुना महर्जन र सोनी महर्जनले बिशेष नृत्य प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया