हेटौडामा कपडा बैँक : सित्तैमा कपडा लैजानुस

इनेप्लिज २०७६ साउन २६ गते २१:५० मा प्रकाशित

मकवानपुर ÷ प्रदेश नम्बर—३ को राजधानी हेटौडामा कपडा बैँक स्थापना गरिएको छ । लायन्स क्लव अफ हेटौडा भुटनदेविको आयोजना तथा मकवानपुरको लियो र लायन्सको संयुक्त पहलमा हेटौडा—४, सुमाग्री कम्प्लेक्समा कपडा बैँकको स्थापना गरेको यस बैँक स्थापनाका अभियन्ता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका जोन चिर्यस प्रसन अंकिता सुमार्गीले बताउनु भयो ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका डिस्ट्रीक्ट गभर्नर लायन अनुप कुमार पहारीले रिबन काटेर कपडा बैँकको उद्घाटन गर्नु भएको हो । पहरीले उद्घाटन गर्दै कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई राहत मिल्ने बताएका छन् । लायन्सले गरेको यो नमुना कार्यको प्रशंसा गर्दै यस अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कपडा बैंक स्थापनाका अभियन्ता अंकिता सुमार्गीले समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने, नच्यातिएका र लगाउन मिल्ने लुगा पनि त्यस्तै फाल्ने परिपाटी भएकोले त्यसलाई संकलन गरी असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोचका साथ कपडा बैंक स्थापना गरेको बताउनु भयो ।

उनले जम्मा भएका कपडाहरु गरिबहरुका लागि मात्र नभएर जो कोहीले पनि बैंकबाट आवश्कयता अनुसार लिन सक्ने बताउँदै बैंक मार्फत प्रयोग गर्न मिल्ने कपडा मानव जीवनमा प्रयोगमा आउने खालका अन्य सामान पनि संकलन र वितरण गरिने बताउनु भयो । ।

कपडा बैंक गरिबले लैजाने र धनीले दिने केन्द्र मात्र नभएर आवश्यकता भएकाले लैजाने र आवश्यकता भन्दा बढी भएकाले दिने उद्देश्यका साथ खोलिएको लायन्स क्लव अफ हेटोडा भुटनदेविका बर्ष २०१९÷२० का अध्यक्ष सीता श्रेष्ठ मर्हजनले बताउनु भयो ।

बैंकबाट बाढीपहिरो, आगलागी पीडितलाई पनि सहयोग गरिनेछ । बैंक बिहान १० बजे देखि साँझ ५ बजेसम्म खुल्ला रहने छ ।

प्रतिक्रिया