काठमाडौँ, २३ साउन । प्रहरीले ललितपुरको धापाखेलमा रहेको एक अपार्टमेन्टबाट ठूलो परिमाणमा नगदसहित १२ जुवाडे पक्राउ गरेको छ । ललितपुर महानगरपालिका २३ स्थिति धापाखेलको डाउनटाउन अपार्टमेन्टमा बुधबार राति छापा मारेको हो ।
अपार्टमेन्टको ५१० नम्बरमा कौडा खेल्दै गर्दा १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ८ लाख ४० हजार नगद, कौडा, एक सेट पासा र एक बुक तास समेत बरामद भएको ललितपुर प्रहरीले जनाएको छ ।
जुवा चलाइएको अपार्टमेन्ट रञ्जित महर्जन नाम गरेका व्यक्तिको रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया