दोहा ।
” मलाई सम्झदा झसङ्ग लागेर आउँछ” कलकलाउँदो लर्के उमेर रातो झोला अनि सरकारले दिएको अनुपति पत्र राहदानि बोकेर बाग्लुङ बलेवा पैँयुपाटाबाट गाडी चढेर काठमाण्डौ झरेर परिवारको सुनौलो भविष्य खोज्दै देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको गर्मीमा श्रम बेच्न हिँडेको आज साढे दुईदशक हुन लागी सकेछ ।
सन १९९६ मा वैदेशिक रोजगारीका लागी कतारको गन्तव्य रोजेका रमेशका परदेशी जीवन दु:खसुखका साथ बित्दै गए । सानै देखी बाग्लुङको समान्य परिवारमा हुर्केका रमेश स्कुले जीवन देखी खाडी सम्म मजदुरहरुको हितमा मजदुर सहयोगी बन्दै आईरहेकाछन्।
कतारको माहोलमा सामाजिक व्यक्तित्वका बिच सरल र अनुशासित सामाजिक कार्यकर्ताको तथा युवा व्यवसायीका रुपमा परिचित रमेश कतार आए लगत्तै आफ्नो दैनिकी कार्यसँगै कतारमा स्थापित समाजिक संघ संस्थाहरु सँग पनि घुलमिल हुन लागे उनी यातायात मजदुर संघ कतार शाखाका अध्यक्ष, जिल्लाको सामाजिक संस्था बाग्लुङ सेवा समाजको अध्यक्ष, नेपाली जनप्रगतिशल मंचका अध्यक्ष हुदै गैरआवासीय नेपाली संघ (एनआरएनए) ,राष्ट्रीय समन्वय परिषद कतारको २०१७–१९ का कार्यसमिती सदस्य गैरआवासीय नेपाली संघको टुरिजम प्रमोसन नेपालको उपसमितिको सदस्य, नेपाल व्यावसायी संघ कतारको सहसचिव लगायतका पदमा रहेर समाज प्रतिको आफ्नो दायित्त्व वहन गर्दै आईरहेका छन्।
गरे के हुँदैन भन्ने सकारात्मक सोच भएका रमेश कतारमा सामाजिक कार्यमा पीडितहरुको लागी आवाज उठाउन आइरहेका छन् यसैले होला रमेशको अबको यात्रा एनसिसिबाट एनआरएनएको आईसिसि सदस्य सम्मको रहेको बताएका छन्।
यति धेरै संघसस्थामा आवद्ध रहेर काम गरेका रमेश किन नथाकेका होलान् भन्ने प्रश्न गर्दा उनी मुस्कुराउँदै भन्छन् “म समाजको निम्ति जन्मिएको हुँ र समाजमै समर्पित हुन चाहन्छु” त्यसैको लागि आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिबेशनमा आफुले पनि कतारबाट आईसिसी सदस्यमा उम्मेदवारी दिईसकेको बताउँछन्।
आज कतारको एक कार्यक्रम विच आफ्नो उम्मेदवारी दर्ता गराउन आएका रमेशले आगामी लक्ष्य भनेको “हामी मध्यपूर्व क्षेत्रमा छौ र सदैव हाम्रो ध्यान मुख्य गरी सुरक्षित आप्रवासन र मर्यादित वैदेशिक रोजगारीको विषयमा रहने गरेको र यस विषयमा हाल सम्मका प्रयासहरूले उपलब्धिहरु प्राप्त भए पनि प्रयाप्त छैनन् त्यसैले मैले आकाङ्क्षा गरेको पदमा चयन भएमा एनसीसी, आइसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने प्रमुख लक्ष्य रहेको छ।” उनी भन्छन्।
प्रतिक्रिया