लोकप्रिय गायिका शितल शर्माको तीजगीत ‘चौतारी’ सार्वजनिक

इनेप्लिज २०७६ साउन २ गते ०:१२ मा प्रकाशित

गायिका शितल शर्माको तीजगीत ‘चौतारी’ सार्वजनिक भएको छ। शितल शर्मा संचारकर्मी ,कार्यक्रम प्रस्तोता साथै चर्चित गायिका पनि हुन् । उनले पानीजहाज गीत ल्याएपछि बजारमा सर्वाधिक चर्चा भएको थियो ।

गत वर्ष गायिका शर्माले ‘महारानी’ बोलको तीज गीत ल्याएकी थिइन भने यो वर्ष पनि उनले नारीहरूको महान चाँड हरीतालिका तिजको अवसर पारेर गीत बजारमा ल्याएको बताएकी छन्।गायक तथा सर्जक बैकुण्ठ महतको शब्द र चर्चित गायक खुमन अधिकारीको लय सिर्जनामा तयारी गरेको ‘चौतारी’ बोलको गीत सार्वजनीक भएको हो।

शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियो(संगीत श्रब्यदृश्य ) मा लोकप्रिय कलाकार ठ्यास कुमारी निरु खड्का, किशोर निरौला, दिभिशा शर्मा लगायतको अभिनय रहेको छ ।

मधुर बस्नेतको छायांकन रहेको गीतको म्युजिक भिडियो नविन घर्ती मगरले सम्पादन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा पानीजहाज र रेलका कुरा चर्चामा भएको समयमा चर्चित गायक बैकुण्ठ महत र शितलको आवाजमा भाग १ पछि २ पनि बजारमा आएको थियो ।

देश तथा विदेशमा हुने कार्यक्रमहरुमा प्रस्तोताको रुपमा देखिने शर्माको आवाजलाई मन पराउछन । उनको गीतको भिडियो(श्रब्य दृश्य )गत श्रावन १ गते शितल शर्माको आफ्नै युट्यव च्यानल मार्फत बजारमा आएको छ ।

गीत हेर्न यहाँ थिच्नु होस् ।

https://youtu.be/-lnBI7yG95k

 

प्रतिक्रिया