गाई बध गर्ने थुनामा

इनेप्लिज २०७२ जेठ १३ गते ६:१६ मा प्रकाशित

DSC_1574बागलुङ, १३ जेठ । घरमै पालको गाई बध गरेको आरोपमा पक्राउ परेका बिनामारे–९ का २७ वर्षीय शेरबहादुर दर्जी पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

यही जेठ १ गते आफ्नो घरमा रहेको गाई बध गरेका दर्जीलाई प्रहरीले भोलिपल्ट पक्राउ गरेको थियो ।

प्रहरीले दर्जीमाथि अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पठाएको थियो ।

जिल्ला अदालतको आदेशपछि दर्जीलाई मङ्गलबार नै पुर्पक्षका लागि जिल्ला काराकार थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राष्ट्रिय जनावर गाई बध गर्ने कार्य गैरकानुनी मानिन्छ ।

प्रतिक्रिया