साँगीतिक क्षेत्रमा आए अर्का राजु परियार, मर्मस्पर्शी स्वरमा आयो “अभागी” (भिडियो सहित)

इनेप्लिज २०७६ असार १८ गते ०:४५ मा प्रकाशित

काठमाडौं । कुनै समयमा नेपाली लोक दोहोरी गायनमा एकछत्र राज गरेका गायक हुन् राजु परियार । अहिले फेरी नेपाली सांगीतिक क्षेत्रमा अर्का राजु परियारको आगमन भएको छ । उनको स्वर रहेको “अभागी” बोलको गीतको भिडियो समेत सार्वजनिक भएको छ । उनको आफ्नै शब्द तथा संगीतमा उक्त गीत सार्वजनिक भएको हो ।

देवी म्युजिक सोलुसनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोमा आयुष क्षेत्री र रितु विष्टलाई फिचरिङ गरिएको छ भने काजिश श्रेष्ठको निर्देशनमा सागर गौतमले खिचेको भिडियोको सम्पादन दिपक विष्टले गरेका छन् ।

बाँकी हेर्नुहोस् यो भिडियोमा :

https://www.youtube.com/watch?time_continue=1&v=g4_JCCd8Y_g

प्रतिक्रिया