पोखराबाट आयो दुखद खबर ! अस्पतालको बेडबाट जिवनको भिख माग्दै राकेश ! मन सम्हालेर हेर्नुहोला

इनेप्लिज २०७६ असार १ गते ९:५५ मा प्रकाशित

बाग्लुङ सिंगानाका ४० वर्षिय राकेश खड्का २ वर्ष देखि ओच्छान परिरहेका छन् । यति बेला उनलाई पोखराको गण्डकी अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । सकिन्जेल अरुकोमा मजदुरी गरेर परिवार चलाउदै आएका राकेश आफै सिथिल भएपछि उनी संगै उनको परिवार अन्यौलमा परेको छ । उनलाई सुगर र टिभि रोगले सताएको छ । सुगरका कारण जे मन लाग्यो त्यो खान पाईरहेका छैनन भने टिभिको लागि भिटामिनपनि नपुगेर उनि थप कमजोर बन्दै आएका छन् । बाग्लुङबाट पोखरा झरेर मजदुरी गर्दै आमा श्रीमती र २ सन्तानको जिम्मेवारी निभाएका राकेश आफै बिरामी भएपछि उनको परिवार यतिबेला थप चिन्तामा रहेको छ । राकेशको उपचारको लागि उनिहरुसंग भएको र सक्ने सबै सम्पति सकिएको छ । लगाएका गहना बेचेर उनको उपचार भइसकेको छ ।

केहि समय पहिला सम्म उनकी श्रीमती कल्पनाले अरुको घर सफा गरेरै भएपनि जेनतेन राकेशको उपचार गर्दै आएकी थिईन् तर अहिले राकेश ओच्छ्यान परेपछि श्रीमानको हेरचाह गर्ने कि उपचारको लागि काम गर्न जाने उनलाई निकै आपत परेको छ । उनको उपचार यतिबेला छरछिमेकीले गरेको सहयोगले भईरहेको छ । यदि छिमेकीको सहयोग नपाएको भए अस्पताल पनि ल्याउन नसक्ने अवपस्था हुन्थ्यो भन्छीन् कल्पना ।

राकेशको जिवन बचाउन तपाई पनि सहयोग गर्न सक्नुहुनेछ । एक थुकी सुकी भन्छन् सय थुकी नदि । एकै जनाले धेरै सहयोग आवश्यक नै पर्दैन दर्शक महानुभाव धेरैले आफुले सक्ने थोरै थोरै रकम सहयोग गरियो भने पनि यो गरिब र पिडामा परेको परिवारले तपाई हाम्रो सहयोगले खुसी पाउने थियो । एक युवाले नयाँ जिवन पाउने थिए । मरेपछिको स्वर्ग त कहाँ देखिएको छ र पाप र धर्म भनेकै यहि धर्तिमा हुदा गर्ने हो नि होइन र । आउनुहोस तपाई हामी पनि फेरी एक पटक एकजुट भएर राकेशको जिवन रक्षाका लागि जुटौँ । अनि खुसी हराएको यो परिवारमा खुसी प्रदान गरौँ ।

https://www.youtube.com/watch?time_continue=1&v=SQfWAJsYUek

प्रतिक्रिया