अमेरिकामा हामीलाई कार्यस्थल र सार्वजनिक स्थलमा हाच्छिउ र खोक्न पनि आउदैन

विजय थापा २०७६ जेठ २८ गते २:०९ मा प्रकाशित

डिसी | नेपालीहरुलाई अमेरिका आए पछि के गर्ने र के गर्न हुने बिषयमा अझ पनि दुबिधा छ । झन् कार्यस्थल या सार्वजनिक स्थलमा कस्ता कुराहरु गर्नु पर्छ र कस्ता कुराहरु गर्नु हुदैन भन्ने हेक्का पनि हामि पाउदैनौ ।

अमेरिकामा यस्ता कुराहरु अपनाउदा गरिने कुराहरु एक शिष्टचार भित्र पर्दछ । हामीले नेपालमा जे जानेका छौ त्यही कुराहरु हामी यहाँ लागू गर्छौ । दोश्रो पुस्ता र यहा जन्मिएकालाई बिद्यालय गए पछि धेरै कुराहरु सिक्दछन । बिद्यालयबाटै यस्ता कुराहरु सिक्ने गर्छन । तर हामी पहिलो पुस्ताका मानिसलाई धेरै कुराहरु थाहा नहुन सक्दछ ।

यस पंक्तिकारले केही समय अगाडी अमेरिकामा हामीलाई ढोका खोल्न र लगाउन पनि आउदैन भन्ने लेख लेख्दा धेरै पाठकले रुचाएको पाईयो । उक्त लेखले धेरैलाई केही सहयोग हुन् सकेको पाठकवर्ग द्वारा पृष्ठ पोषण ( फिड ब्याक )प्राप्त भएको थियो ।

अमेरिका आए पछि हामीलाई जस्तो देश उस्तै भेष भने झैँ यस्ता कुराहरु निकै महत्वपूर्ण हुन्छ । हामी ठाडा गाउँबाट आएका हैनौ । अर्थात् हामीलाई शिष्टचार थाहा छ । तर हामि ब्यबहारमा लागू गर्न कम्जोर छौ । हामी आफ्नै परिवार भित्र पनि ब्यबहारमा लागू गर्दैनौ । यस्को अर्थ यो हैन कि हामी जान्दै जान्दैनौ भन्ने कदापी हैन ।

वास्तवमा अमेरिकामा हामीलाई कार्यस्थल र सार्वजनिक स्थलमा हाच्छिउ र खोक्न पनि आउदैन । उही नेपालको जस्तो कोठा नै थर्किने गरि ठूलो स्वरमा ५ – ७ पटक हाच्छिउ,हाच्छिउ ,हाच्छिउ गर्ने त्यसमा पनि कुनै पातलो रुमाले कागज ( टिसु पेपर ) खोज्दैनौ ।

हामीले शिष्टचार सिक्नु पर्ने अपरिहार्यता हुन्छ । अमेरिकाका बिदेशीहरुले रुघा खोकी लाग्यो भने हामीलाई थाहा नै हुदैन । अर्थात् बिस्तारै आवाज कम निकालेर मुखमा रुमाले कागज ढाकेर कतै संक्रामण नहोस भनि सावधानी अपनाउछन् ।

सार्वजनिक रुपमा हाच्छिउ र खोक्ने बिषयमा निकै ध्यान दिनु पर्ने हुन्छ । संसार भर गोजी रुमाल लिएर हिड्ने चलन छन् तर अमेरिका लिएर हिड्ने चलन हुदैन । उनीहरुलाई रुघा खोकी लागेका कागजी रुमाल लिएर हिड्ने गर्दछन् ।

हामीले अमेरिकामा खोक्दा या ,हाच्छिउ गर्दा टाडा बस्नु पर्छ । नजिकै कानै खाने गरेर नेपालमा झैँ लहरे खोकी झैँ निकाल्ने चलन हुदैन । मुख कागजले थुन्ने एर उता फर्केर गर्ने चलन हुन्छ ।

जहिले पनि नाक या मुख छोपेर मात्र खोक्ने या ,हाच्छिउ गर्ने गर्नु पर्छ । मुख च्यातेर या मुख खोलेर खोक्ने गर्नु हुदैन । आवाज भरसक निकाल्नु हुदैन । नाक या मुख पुस्ने बितिकै रुमाले कागज फोहोर टोकरीमा फ्याकी हाल्नु पर्छ । नेपालमा रुमाल साथमा हुनेले खोके पछि या नाक पुछे पछि गोजीमा हाल्ने हुँदा यहा त्यसो गर्दा घिन मान्ने गर्छन । आवाज कम निकालेर मुख या नाक पुस्नु पर्छ । रुघा लागे पछि नाक पनि आवाज ज्यादै निकालेर रुमाल या कागज प्रयोग गर्ने गर्छौ । त्यो मिल्छ कि मिल्दैन भन्ने प्रश्न भन्दा पनि कस्तो चलन रहेछ भनि जान्नु पर्ने जरुरी हुन्छ । नत्र लाटो भईन्छ र छिछि को पात्र पनि हुन् सकिन्छ ।

हामीलाई अचानक खोकी आयो या हाच्छिउ लाग्यो भने रुमाले कागज या नेपाल जस्तै गरि गोजीमा साथमा लिने रुमाल छैन भने हाम्रो कमिजको माथिल्लो पाखुरामा मुख जोडेर खोक्नु या हाच्छिउ गर्नु पर्छ । त्यस पछि साबुन या अन्य चिज जुन ले संक्रामण हन दिदैन त्यसे हात धुनु पर्छ । त्यतिकै काम गरेमा घिन मान्दछन ।

साबुन या पानी तत्काल नपाइएमा हात सफा गर्ने नि :संक्रामक (सेनीटाईजर्स )वस्तु प्रयोग गर्नु पर्छ । हरेक पटक खोक्दा या हाच्छिउ गरि सके पछि १५-२० सेकन्ड(पल) हात धुनु पर्छ । कहिले पनि आफू संग केही पुछ्ने कागज छैन भने अनुहार हातले छुनु हुदैन ।

यस्तो अवस्थामा नाक बगी रहने र खोकी लागि रहेमा छद्ममुख या मुखौटा (मास्क ) लगाउनु पर्ने हुन्छ । यदि कार्यस्थल या सार्वजनिक रुपमा तपाई जानु पर्ने भएमा अरु संग सम्पर्क बाट टाडा रहनु पर्ने छ अर्थात् नजिक गएर काम गर्नु हुदैन । त्यस्तो बेलामा हस्त मिलाप अर्थात् हात मिलाउनु हुदैन । कम्तिमा पनि हामी एक मिटर (वृत ) जतिको दुरिमा रहनु नै उपयुक्त हुन्छ ।

यस्ता कुराहरु निकै संबेदनशिल पनि हुन्छन । बिदेशीहरुलाई सवै थाहा हुन्छ । नव आगन्तुक तथा आप्रवासीहरुलाई देश अनुसारको प्रचलन अनुसार र ब्यबहार अनुसार थाहा या अनभिज्ञ पनि हुने हुनाले सामान्य कुरा मन लागेमा सिक्न पर्ने जस्तो लागेमा सिक्दा राम्रो हुन्छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया