भक्त – मे २५,२०१९
आजकल एउटा दर्दनाक पिरले सताएको छ
मनको बह बुझीदिनेहरूले बुझ पचाएको छ।
टह टह चम्कियो चन्द्रमा आकाशमा
तप तप झर्यो आशुको थोपा प्रकाशमा
गाईं गुइँ र हाईँ हुईको हल्लाले
रातको समागमपूर्ण सन्नाटा खल्बलिएको छ!
आशा र निराशा बीचको उद्देश्य अल्मलिएको छ।
आजकल एउटा दर्दनाक पिरले सताएको छ
मनको बह बुझीदिनेहरूले बुझ पचाएको छ।
अतितका पानाहरू रंगहीन भएका छन्। संवेदनशील मनहरू संबेगहीन भएका छन्।
गाऊँ गाऊँमा हल्ला चलेको छ रे
कसरी ति चलायमान चीज़हरू रोकिएका छन्।
कसरी ति दुःख र सुखका नज़ीरहरू तोकिएका छन्!
आजकल एउटा दर्दनाक पिरले सताएको छ
मनको बह बुझीदिनेहरूले बुझ पचाएको छ।
*****अस्तु*****
भक्त गुरूङ
बोस्टन यू॰एस॰ए॰
प्रतिक्रिया