काठमाडौं – गायक रमेश क्षेत्रीको आधुनिक गीत ‘फुल फुल्ने बगैचा’ सार्वजनिक भएको छ । अहिले बजारमा आउने गरेका भन्दा केही भिन्न शैलीको गीतमा माया प्रेमको बिषय समेटिएको छ ।
गीत माथी एक आकर्षक भिडियो पनि निर्माण भएको छ । बुढासुब्बा म्युजिकको युट्युवबाट सार्वजनिक भएको भिडियोमा कुमार गुरुङ र अंकिता क्षेत्रीले रोमान्स गरेका छन् ।
नरेश बिसीको शब्द, सन्जुकुमार थापाको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो फलानो क्रियसनबाट निर्माण भएको हो । भिडियोमा सरोज अधिकारीको छायाँकन, सुवास अमागाइको सम्पादन र कुमार गुरुङको निर्देशन रहेको छ ।
प्रतिक्रिया