गुल्मीका टिकारामले पोखरामा नै फलाए यार्सागुम्बा, १ किलोको ६ लाख रुपैया पर्ने
इनेप्लिज
२०७६ जेठ १६ गते १०:२३ मा प्रकाशित
प्रल्हाद चन्द्र घिमिरे, पोखरा, १६ जेठ । गुल्मीका टिकाराम अर्यालले पोखरामा यार्सागुम्बा फलाएका छन् । नेपाल र तिब्बतको हिमाली र उच्च पहाडी क्षेत्रमा मात्र पाईने यार्सागुम्बा अर्यालले पोखराको बाटुलेचौरमा रहेको आफ्नो हिमालय च्याउ फर्ममा रहेको कल्चर बैंकमा फलाएका हुन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापक अर्यालले बिगत १६ वर्ष देखि च्याउ फर्म संचालन गर्दै आएका छन् । अहिले टिकारामको कल्चर बैंकमा विश्वमा पाईने ३८ जातका च्याउका कल्चरहरु रहेका छन् । यहि बिचमा अर्यालले आफ्नो फर्ममा यार्सागुम्बाको कल्चर मगाए र आफैले प्रविधिको विकास गरे । र यार्सागुम्बाको सफल उत्पादन गरे ।
अर्यालका अनुसार यार्सागुम्बाको खेती नेपालको तराइ देखि हिमाल सबै ठाउँमा गर्न सकिन्छ तर तामक्रमको ख्याल गर्नुपर्छ । उनका अनुसार यार्सा गुम्बा ७० देखि ९० दिनमा टिप्न मिल्ने हुन्छ । उनका अनुसार जंगलमा पाउने यार्सागुम्बा र उनको कल्चर यार्सागुम्बामा खासै फरक छैन ।
उनको फर्ममा उत्पादन भएको यार्सागुम्बार्लाइ किलोको ६ लाख रुपैया पर्नेछ ।
तर उनले बट्टामा रहेको २० वटा किरा बराबरको यार्सागुम्बाको मुल्य १ हजार रहेको छ । प्राकृतिक यार्सागुम्बा भन्दा आफुले उत्पादन गरेको यार्सागुम्बा १० गुणा सस्तो रहेको बताउछन् ।
प्रतिक्रिया