दृढ इच्छा शक्ति र लगनसँगै अवसर पाउने हो भने समाजमा फरक क्षमता भएका व्यक्तिले पनि कृषि व्यवसायबाट यथेष्ट आम्दानी गर्न सक्छन् भन्ने तथ्यलाई यहाँका एक कृषकले चरितार्थ पारेका छन् ।
पोखरा महानगरपालिका वडा नं १४ चाउथेका कृषक केवल गौतमले ह्वीलचियरको सहायताबाट हाई–टेक (हरितगृह) भित्र विभिन्न जातका मौसमी एवम् बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गरेर अरुका लागि पनि अनुकरणीय बनेका छन् ।
नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाई) सुपरजोनअन्तर्गत निर्माण गरिएको ताप अनुकूलित हाई–टेकभित्र रायो साग, काँक्रो, गोलभेंडा, धनिया, सिमी, भेंडेखुर्सानी लगायतका तरकारी खेती गर्दै आएका छन् ।
परियोजनाको रु ८५ लाख अनुदान र रु १५ लाख आफ्नै लगानीसहित एक करोडको लागतमा तीन हजार १२३ वर्गमिटरका छुट्टाछुट्टै निर्माण गरिएका चारवटा हरितगृहमध्ये यतिखेर दुई वटामा गोलभेडा, एउटामा काँक्रो र अर्कोमा रायो साग र धनिया लगाएका छन् ।
प्रतिक्रिया