६१ बर्षकी आमाको बुलेट बाइकको स्पिटले मुटु कमायो (भिडियोसहित)

इनेप्लिज २०७६ जेठ १० गते १०:३२ मा प्रकाशित

पिएनपिखबर : अहिले सामाजिक संजालमा बुलेट आमाको रुपमा ६१ बर्षिय पुष्पलता आचार्य भाइरल भईरहेकी छिन। उनि जहाँ जाँदा पनि बुलेट बाइक नै प्रयोग गर्छिन् । आमाले बाइकमै २० देखी २५ वटा नेपालका जिल्लाहरू घुमिसकेको बताउँछिन् ।

 

खुल्ला हृदय भएकी आमाले सानैमा आफ्नै आमा बुबाको धान चोरेर बिपन्न बर्गलाई सहयोग गर्ने गर्थे। उनले डेड सय भन्दा बढी किताब प्रकाशन गरिसकेका छन्। किताब बेचेर प्राप्त हुने आम्दानी बिपन्न बर्गका बिद्यार्थीहरुलाई सहयोग गर्ने गर्छिन।

बुलेट कुदाउने आमाको स्पिड अलि बढि भएका कारण उनलाई कमै व्यक्तिले उछिनेर अघि बढ्छन्। सानै देखि बाइक कुदाउने रहर भएता पनि व्यक्तिगत व्यस्तताका कारण बाइक सिक्ने मौका पाएका थिएनन्। आफ्नो टोलमा सिक्न अफ्ठयारो महशुश भएका कारण उनले पृथ्वी राजमार्गमा बाइक कुदाउन सिकिन् । अहिले उनी छोरासँगै उनका साथीहरुसँग राइडमा गइरहन्छिन् । हालै अब भारत जाने सोच बनाएको उनले बताइन।

हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?time_continue=1&v=51AOJ4LiFBg

प्रतिक्रिया