रंगशाला बनाउन पैसा अभाव भएपछि धुर्मुस सबैसंग मागे सहयोग (भिडियो)

इनेप्लिज २०७६ जेठ १ गते २१:५० मा प्रकाशित

धुर्मस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालालाई आर्थिक सहयोगार्थ धुर्मसले सबैसंग अपिल गरेका छन् ।

उनले रगंशाला देशको आवश्यकता भएको बताएका छन् । स्रोत जुटेको खण्डमा ग्यारेन्टी बन्ने नेपालको एउटा परियोजना भएको उनको भनाई रहेको छ ।

यो रगंशाला निर्माण भए पछी सारा संसारमा नेपालको चर्चा हुने र त्यसले सबैलाई आत्मा सन्तुष्टी मिल्ने उनको विश्वास रहेको छ ।

धुर्मुसले अभियान धुर्मुस सुन्तलीको मात्र अभियान नभई सबै नागरिकको भएकाले सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।

https://www.youtube.com/watch?time_continue=4&v=C9KTzwRpEDE

प्रतिक्रिया