पोखरामा अर्को रहस्य ! १५/१६ सम्पर्क बिहिन भएकी श्रीमतीले श्रीमान बितेको १ वर्षपछि किरिया ! सम्पतीको लोभमा नाटक गरेको स्थानियको आरोप

इनेप्लिज २०७६ वैशाख २९ गते १:३१ मा प्रकाशित

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ स्थित सातमुहाने साझा वजारमा कुसस्कार अन्त्य गरी सभ्य र विकसित समाजको निर्माण गर्नु पर्दछ भन्ने मुल नाराका साथ आज एक समारोहका विच पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

नारी जाती आफैमा कोमल, ममतामयी र पतिव्रता हुन्छन् तर एकाध महिला सम्पतीको लोभले दुई दशक पछि पनि पति सँग धेरै वर्ष टाढा रहेर पतिको मृत्यु पछी किरिया क्रम गर्ने नाटक रचि सम्पती हडप्ने प्रविती देखिएको छ । जसवाट समाजमा कुसस्कार वृद्धि हुने सम्भावना रहेको छ । यस्तो प्रवृति आफैमा निन्दनीय अपराध भएको गुनासो स्थानीय वासीको रहेको छ ।

जुन घटना विगत लगभग दुइ दशक अघि साविक लेखनाथ नगरपालिका वडा नं. १४, हाल पोखरा महानगरपालिका ३२ सातमुहाने साझा वजार निवासी वुवा पुर्ण वहादुर वास्तोल। र आमा लक्षीमा वास्तोलाको माहिला छोरा स्व इन्दवहादुर वास्तोलको घरमा भएको हो ।

स्व. इन्दवहादुर वास्तोलाको विगत दुई वर्ष अगाडी मृत्यु भइसकेको र विगत दुइ दशक अगाडी परिवारको सल्लाह विना चन्द्रमा भन्ने महिला सँग विवाह भएको तर तत पश्चात कुनै कारण विना उनी परिवारको सम्पर्कमा नरहेको परिवार श्रोत वताउछ । हाल १८ वर्ष पछि कथित महिला सम्पती हडप्ने निहुले किरीया वसेकी छन् । जुन कुरा कुनै मुल्य मान्यता , धर्म सस्कार, सस्कृति र कानुन अनुसार नमिल्ने भनि स्थानीय आमा समुह, भद्र भलाद्मी, नागरिक समाज र पत्रकार सम्मेलन गरी एक समारोहका विच जानकारी दिइएको हो ।

स्थानीयवासिहरुका अनुसार स्थानीय वडाबाट महिलालाई क्रिया वस्नका लागि भनिएपनि वडा कार्यालयमा बुझ्दा त्यस्तो कामका लागि सिफारिस नगरीएको वडा नंं ३२ का अध्यक्ष अक्कल ब. कार्र्की ले जानकारी दिए । यस भन्दा अगाडि वडा कार्यालयले मृतक ईन्द्र ब. बाँस्तोलाको सन्तान पत्नी कोही पनि नभएको भन्दै उनको नाममा रहेको चल अचल सम्पती आमाको नाममा नामसारी गर्न सिफारिस समेत दिएको खुल्नमा आएको छ ।

प्रतिक्रिया