नेपालका लागी नेपाली अभियानको आयोजनामा बुद्दिजिबिहरु एकसाथ सडकमा आएका छन । सरकारले गरेका बेथिती र भ्रष्टाचार एवम दन्डहिनताका बिरुद्ध नागरिक दबाबका निम्ति आयोजना गरिएको प्रदर्सन माइतीघर मण्डलाबाट जुलुस सहित बानेस्वर पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई प्राध्यापक डा सुरेन्द्र केसी ,डा सुरेन्द्र भण्डारी , अनिल योगि ,डा अरुण कुमार सुवेदी , नायिका रेखा थापालगायत का नागरिक अगुवाले सम्बोधन गरेका थिए । हजारौ को सङ्ख्या मा उपस्थित नागरिकको सहभागिता उत्साहजनक रहेको थियो भने उक्त कारेक्रममा प्रेम सिह बस्नेत ,बरिस्ठ पत्रकार आदित्यमान श्रेष्ठ , सामाजिक अभियान्ता एवम साहित्यकार ज्योती किरण रिजाल लगायत को विशिष्ट नागरिक अगुवाहरु को समेत उपस्थित रहेको थियो ।
प्रतिक्रिया