युवतीलाई बन्धक बनाएर यौनधन्दा चलाएपछि…

इनेप्लिज २०७२ जेठ ६ गते १०:२२ मा प्रकाशित

downloadसुरुङ्गा (झापा), ६ जेठ । सुनसरीको इटहरी र झापाको सुरुङ्गाका दुई युवतीलाई बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेची टप होटलका सञ्चालक जितेन उपनामले चिनिने डिजाइन राजवंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

राजवंशीले इटहरी निवासी २२ वर्षीया राई थरकी एक युवती र सुरुङ्गा निवासी २३ वर्षीया जोगी थरकी अर्की युवतीलाई लामो समयदेखि बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्दै आएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको र पीडित युवतीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया