रेग्मी दम्पत्तिले गरेको निर्णय अनुरुप आज काठमाण्डौंको लाजिम्पाटस्थित होटल मनस्लूमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी-कपिलवस्तु दिवस विस्व अभियानका विस्व संयोजक इ रामकुमार श्रेष्ठले नायिका स्वेता खड्कालाई आठ हजार रुपयाँको चेक हस्तान्तरण गर्नु भयो । श्रेष्ठ मेलबर्नबाट काठमाण्डौं आउने क्रममा बैंकक ट्रन्जिटमा रहेको बेलामा क्यानबेराबाट भास्कर रेग्मीले फोन मार्फत आफ्नो उक्त निर्णयबारे जानकारी गराएकाले आज सो कार्यक्रम गरी रकम हस्तान्तरण गरिएको थियो।
माझीबस्तीमा चिटिक्क परेका ५३ घर बनेका छन् ।
आबस्यक भवनहरुको निर्माण कार्य सम्पन्न भए तापनि बस्तीलाई सुबिधा सम्पन्न बनाउन आबस्यक पूर्बाधार संरचनाहरु सडक, बिजुली, खानेपानी, सेफ्टी ट्यांकी, पार्क आदि निर्माण कार्य सम्पन्न गर्ने कार्य बाँकी रहेको र यस्को लागि करीब दुई करोड आबस्यक पर्नेछ । बाँकी यो कार्यमा हातेमालो गर्न इच्छुक ब्यक्तिहरुलाई चर्चित नायिकाले आह्वान गरेकी छिन्।
माझी बस्तीलाई होमस्टे गाउँ बनाउने र गाउँका युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष पनि छ परियोजनाको ।रकम हस्तान्तरण गर्ने क्रममा श्रेष्ठले दुबै पक्षलाई हार्दिक बधाई ज्ञापन गर्दै यस किसिमको निर्णय गरेर सहयोग गर्ने क्रममा सहयोग गरिने रकम सानो ठुलोभन्दा पनि यस किसिमको भावना महत्वपूर्ण हुने र यस किसिमको भावनाले अरुहरुलाई पनि यस्तै गर्न उत्प्रेरित गर्ने भएकोले यस किसिमको भावना शहिद जस्तै प्रेरणादायी हुने बताउनु भयो ।
प्रतिक्रिया