चारैतिर जंगल छ, घर वरिपरी सुन्तला छ तर पनि सुन्तला फल्दैनन् । सानो टिनको छानो भएको घर, नजिकै २ वटा बाख्रा, केही दिनदेखी नबलेको जस्तो देखिने अगेना । यो दृश्य तनहूँ जिल्ला आँबुखैरेनी गाउँपालिका वडा नंं १ बरादी ढापको हो । ७७ बर्षिय रनबहादुर गुरुङ जो भूपू भारतीय सैनीक हुन्, जिवनमा चार–चार वटी श्रीमती भित्राए तर पनि यो उमेरमा एक्लै छन् ।
हामी उनको घरपुग्दा उनी गाउँमा रक्सी लिन गएका रहेछन् । खाना बिना बाँच्न सक्ने तर रक्सी बिना बाँच्न नसक्ने भैसेका रहेछन् । उनीसंग उनको जीवनका केही पाटाहरु खोतल्ने प्रयत्न गरेका थियौं । भारतीय सैनिकमा भर्ति भएको एक बर्षमा उनी नेपाल आए, पछि गएनन् । चारवटी श्रीमती बिहे गरे, उनका बाबुले पनि सात वटी बिहे गरेका थिए । हाल उनी बेबारिसे अवस्थामा छन् । उनका छोरा पनि केही माथी गाउँमा बस्छन् तर उनी आफै छोराकहाँ गएर बस्न चाहदैनन् । हेरौं यो स्थलगत रिपोर्ट
प्रतिक्रिया