यसरी भएको थियो समिट एअरको जहाज दुर्घटना (सिसिटिभि भिडियो )

इनेप्लिज २०७६ वैशाख २ गते १०:५० मा प्रकाशित


३ जनाको ज्यान जाने गरी लुक्ला एअरपोर्टमा भएको समिटि एअरको जहाज दुर्घटनाको सिसिटिभि फुटेज बाहिरीएको छ । फुटजमा जहाजले एनवे छाडेर रोकी राखेको हेलिकप्टरमा ठोक्किन पुगेको स्पष्ट देख्न सकिन्छ ।

आइतवार बिहान ९ः२२ बजेको समयमा भएको सो दुर्घटनामा समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।

सरकारले विमान दुर्घटनाको बारेमा छानबिन गर्न पाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पूर्वमहानिर्देशक राजेशराज दली नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहेको छानविन समिति समेत बनाएको छ ।

https://www.youtube.com/watch?v=sAGd4UpZBw0

प्रतिक्रिया