राष्ट्रकवि माधव प्रसाद घिमिरे को दैनिकी पहिला जति सक्रिय थियो अहिले एक सयौ बर्ष को पाको उमेरमा पनि उतिनै सक्रिय रहेको पाइएको छ । फरक यत्ती हो वहाँ बाहिरी कार्यक्रमहरुमा जान सक्नु हुन्न तर वहाको निवासमा हरेक दिन जसो हुने सम्मान ,भेटघाट ,कृति समिक्षा ,लेखन एवम वाचन काय्रेक्रमहरुमा वहाँ को उत्साहित र सक्रिय पन लोभलाग्दो देखिएको छ ।
कवि घिमिरे अहिले महाकाब्य लेखनमा सक्रिय रहनु भएको छ भने युवा नवलेखकहरु माझ झनै रमाउने गर्नु भएको छ ।युवाहरु सग बस्न र रम्न चाहने राष्ट्रकवि घिमिरेले लेखक साहित्यकारले आफ्नो जननी जन्मभुमी प्रतिको कर्तव्यमा इमान्दार भएर लाग्न सके मात्र देश को गरिमा उच्चहुने भन्दै सबैले आफ्नो कर्तव्य बुझ्न सक्नु पर्ने धारणा समेत राख्दै आउनु भएको छ । जीवन सङ्गिनी महाकाली घिमिरे सहित परिवार सहित बस्दै आउनु भएका घिमिरेको निवास पुग्दा जे देखियो जस्ताको त्यस्तै ।
प्रतिक्रिया