काठमाडौं, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान चितवनको माडी पुगेका छन् । बुधबार दिनभर उनी माडीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।
प्रचण्डसँगै शिक्षामन्त्री गिरीराजमणी पोखरेल तथा भौतिक योजनामन्त्री रघुबीर महासेठ पनि माडी पुगेका छन् । प्रचण्ड माडीको बसन्तपुरमा आयेजना हुने माडी क्याम्पसको क्याम्पस सभा सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएयता प्रचण्ड पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र माडीमा पुगेका हुन् । त्यहाँ उनले स्थानीयबासीसँग अन्तक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रतिक्रिया