काठमाडौंमा कल्पना तामाँगको “हिउँको आगो” विमोचित

ईनेप्लिज प्रतिनिधि २०७५ चैत २६ गते २:४६ मा प्रकाशित

 

कवयित्री कल्पना तामाँगको मुक्तक संग्रह “हिउँको आगो” काठमाडौंमा एक समारोहवीच साहित्यकारहरू ज्ञानुवाकर पौडेल, निर्मोही व्यास, गोविन्द गिरी प्रेरणा, जीवन खत्री , शितल गिरी, वैरागी जेठा तथा लेखिका कल्पना तामाँगले सामूहिक विमोचन गरे ।

विमोचनपश्चात् केही कवि कवयित्रीले ३।३ मुक्तक वाचन गरेका थिए ! उनको पुस्तकको वारेमा अतिथिहरू गोविन्द गिरी प्रेरणा, निर्मोही व्यास, ज्ञानुवाकर पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

कवयित्री कल्पना तामाँगले आफ्नो लेखन यात्रा र प्रेरणा श्रोतको वारेमा वताउँदै आफ्ना मुक्तक वाचन गरेकी थिइन् । समारोह मधुवन साहित्य प्रतिष्ठानको आयोजनामा भएको सो समारोहको सभापतित्व प्रतिष्ठानका कवि अध्यक्ष जीवन खत्रीले गरेका थिए ।

प्रतिक्रिया