वासुशशीको ८३औं जन्मजयन्तीमा ५ श्रष्टा सम्मानित

ईनेप्लिज विशेष प्रतिनिधि २०७५ चैत १३ गते ३:२६ मा प्रकाशित


वरिष्ठ आधुनिक कवि वासुशशीको ८३औं जन्म जयन्ती साहित्यका विविध क्षेत्रमा योगदान गर्ने ५ श्रष्टालाई सम्मान गरेर वासुशशी स्मृति परिषदको तर्फवाट काठमाडौंको नेपाल एकेडेमीको सभागृहमा मनाईयो ।

सो अवसरमा प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै कवि वासुशशी स्वाभिमानका प्रतीक थिए भन्दै एकेडेमीवाट उनले राजिनामा गरेको प्रशंग सुनाउनु भएको थियो ।

वासुशशीको २५ औं स्मृति दिवसका उपलक्षमा यस वर्ष ५ श्रष्टाहरू श्रीधर खनाल, ज्ञान उदास, भागीरथी श्रेष्ठ, कल्पना प्रधान तथा श्रेष्ठ प्रिया पत्थरलाई नगद, दोसल्ला र सम्मानपत्रद्वारा प्रमुख अतिथि वाङमय शताव्दीपुरूष सत्यमोहन जोशीले सम्मान गर्नु भएको थियो ।

उक्त अवसरमा कवि वासुशशीलाई श्रध्दान्जली अर्पण गर्दै साहित्यकार गोविन्द गिरी प्रेरणाले वासुशशीको विविध व्यक्तित्वको चर्चा गर्दै सम्मानित प्रतिभाहरूको चिनारी प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा कवि कैलाश भण्डारी लिखित संगीतकार नातिकाजीको जीवनीमा आधारित स्मृतिकाव्य “संगीत महर्षि नातिकाजी” पुस्तकको प्रमुख अतिथि सत्यमोहन जोशी, अतिथिहरू गायक प्रेमध्वज प्रधान, साहित्यकार परशु प्रधान , गीतकार यादव खरेल लगायतले विमोचन गर्नु भएको थियो । सम्मानित प्रतिभाहरूको तर्फवाट ज्ञान उदास तथा श्रेष्ठ प्रिया पत्थरले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको शुरूमा वाशुशशीको तस्वीरमा माल्यार्पण गरिएको थियो र प्रतिष्ठानका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमको सञ्चालन कवि ठाकुर वेल्वासेले गर्नु भएको थियो ।

प्रतिक्रिया