लण्डनमा रकस्टार सविन र फारो व्याण्डले सांगीतिक महाभुकम्प मच्चाउने
रोशन मेवाहाङ्ग-
२०७५ फागुन २८ गते २२:१५ मा प्रकाशित
रोशन मेवाहाङ्ग-
लण्डन । लण्डनस्थित व्रिक्सट्नमा आगमी अप्रिल १३ तारिख सनिबार साँझ नेपाली नयाँ बर्ष विक्रम सम्वत २०७६ सालको पवन उपलक्ष्यमा ‘नेपाली म्युजिक फेस्टिवल २०१९’ धुमधामका साथ सम्पन्न हुने जि–९ ईन्टरटेन्नमेन्टले जनाएको छ ।
उक्त कार्यक्रम जि–९ ईन्टरटेन्नमेन्ट, हाब ए मोमेन्ट, नट जस्ट ट्राभल्स् र च्याउसे डि–१ ले सयुक्त रुपमा पहिलो पटक आयोजना गर्न लागेको हो । कार्यक्रममा प्रस्तुती दिन नेपालबाट रकस्टार सविन राई, फारो व्याण्ड,¥यापर आशिष राना उर्फ लाहुरे , सामाजिक संञ्जाल युटुयबकी चर्चित गायिका तिर्सना गुरुङ र बेलायती नेपाली समाजका चर्चित गायक प्रशान्त लिम्बु र शव्द व्याण्डले स्टेज शोमा रौनक मंच्चाउन सक्ने दर्शक श्रोताहरुले आंकल गरिरहेका छन् ।
उद्धघोषण विधामा प्रसिद्ध जोडि लेक्स लिम्बु र मिस बेलायत – नेपाल २०१४ की विजेता निया देवानले सयुक्त रुपमा कार्यक्रम संञ्चालन गर्ने छन् । कार्यक्रमका प्रस्तुत गीतहरुमा फारो र शव्द लाइभ व्याण्डले संगीतको मधुर धुनलाई दर्शकदिर्घामा रहेका श्रोताहरुलाई थप मिठासको अनुभूत गराउँन सक्ने आयोजक टिमका सदस्य किशोर राईले बताए ।
‘नेपाली म्युजिक फेस्टिवल २०१९’ लाई थप उर्जा दिन आयो गोर्खाली रेष्टुरेन्ट, खुकुरी रम, गोर्खा बुलियन, सितारा चामल, डेरी भेल्लिले मुख्य प्रायोजन गरिने कार्यक्रमलाई नेपाल फुडको प्रमुख प्रस्तुती र वाई वाईले सह–प्रस्तुती गर्ने घोषणा गरेका छन् । कार्यक्रमलाई मिडिया पार्टनरका रुपमा माउन्टेन्ट मिडियाले प्रत्यक्ष प्रसारण गर्ने च्यानल पत्रकार विष्णु चेम्जोङ्गले जानकारी दिए ।
पहिलो चरणको कार्यक्रममा उपस्थित दर्शक तथा श्रोता र अतिथिलाई रकस्टार सविनले मेलोडियस र रकगीत , लाहुरेको ¥याप र गायिका तिर्सनाले मिठा मिठा मनोरञ्जात्मक गीन पस्कने छन् । मध्यरात ठिक १२ बजे काउण्ड डाउन गरेर नेपाली नयाँ बर्ष वि. स.२०७६ साललाई आगमन गर्दै दोस्रो चरणमा प्रवेश गरिने छ ।
दोस्रो चरणको रात्रिभोज सके लगत्तै उपस्थित दर्शक श्रोताहरुकालागि डान्सिङ विटका गीत प्रस्तुत गर्न डिजे यसकाजि र फास्ट सेक्रेट पुर्ण रुपमा तयार भईसकेको आयोजकले खुलाशा गरे । साँझ ठिक १० बजे सुरुवात हुन लागेको नेपाली महोत्सव लण्डनमा भव्य रुपमा मनोरञ्जन गर्न यसै समाचार मार्फत आयोजक टिमले दर्शक श्रोताहरुलाई निमन्त्रणा दिएका छन् ।
सुचना – एक स्थान लण्डनमा मात्र ‘नेपाली महोत्सब २०१९’ भव्य रुपमा सम्पन्न हुन लागिरहेको कार्यक्रमको टिकट शुल्क र वितरण स्थान निम्न तालिका बमोजिम सम्पर्क गरि सुरक्षित गर्न दर्शक तथा श्रोताहरुलाई आग्रह गर्दछौ ।
भिआइपी टिकट शुल्क ५० पाउण्ड र अप्रिल ७ तारिखबाट २० तारिख भित्र जन्म दिन परेका दर्शकहरुको प्रवेश शुल्क नलाग्ने आयोजकले घोषणा गरिएको छ । ईच्छुक दर्शकहरुले सामाजिक संञ्जाल www.ticketweb.com मार्फत आफ्नो टिकट अग्रिम बुकिङ गर्न सकिन जानकारी गर्दछौ ।
क्र सं वितरण स्थान नेपाली पसल सम्पर्क नाम मोबाईल नम्बर एकल शुल्क जोडि शुल्क
प्रतिक्रिया