चलचित्र लभ स्टेसनको ट्रेलर रिलिज

इनेप्लिज २०७५ फागुन २३ गते ०:०८ मा प्रकाशित

चलचित्र लभ स्टेसनको गत मंगलबार ट्रेलर सार्बजनिक गरिएको छ । आगामी २२ चैतबाट रिलिज हुने उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको कामलाई सो चलचित्र मन पराईए पछि लभ स्टेसनमा पुन काम गरेका हुन् ।

चलचित्र लभ स्टेसनको ट्रेलर मंगलबार काठमाडौंको क्युज सिनेमा हलमा एक समारोहबीच सार्वजनिक गरिएको छ । ट्रेलर अनुसार यो चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्धको आरोह अवरोह प्रस्तुत छ । यी दुईको प्रेममा अर्का अभिनेता प्रकाश शाह बाधक बनेर शाहले जसितासँग विवाह गरेको ट्रेलरमा उल्लेख छ । यो ट्रेलर बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ ।

यो चलचित्रका निर्देशक उज्ज्वल घिमिरेले चलचित्र सबैलाई मन पर्ने बनाउन आफ्नो टोलीले सक्दो कोसिस गरेको बताए । वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले पनि यो फिल्मको ट्रेलरको खुलेर प्रशंसा गरे ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवी डंगोल, दिनेश काÏले, कालु रानासहितको अभिनय छ ।

लोकेश बज्राचार्य र अर्जुन जीसीको सम्पादन, एलिस राईको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र रावलको निर्माण व्यवस्थापन रहेको छ ।

फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् । लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेसनमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रतिक्रिया