पशुपति सर्मा को गीत लुट कान्छा लुट बारे कलाकार सुनिता दुलाल र प्रकाश सपुतले एकसाथ प्रतिक्रिया दिएका छन । कलाकार सुनिता दुलालले समाज परिवर्तनकालागी जनता को आवाज पस्केर कलाकारले मार्गनिर्देश गर्न खोजेको कुरालाई अपाच्य ठान्ने राजनितिलाई अधिकार नभएको र कलाकरको धर्म भनेकै देश र जनताको हितमा काम गर्नु रहेको ले यस्मा रोक लगाउन खोजिएको भए त्यो निन्दनिय भएको बताएकी छिन । भने कलाकार प्रकाश सपुतले सरकारले प्रतिबन्ध लगाएको भन्ने बारे आफुलाइ थाहा नभएको र यदि कहि कतै तेस्तो भए वाक स्वतन्त्रता माथी को प्रस्न उब्जन सक्ने बताए ।
उनले आज गीतमा त्यस्तो भयो भने भोलि कलममा ,क्यामेरामा पनि नियन्त्रण हुन सक्ने खतरा भएका ले यस्ता विषयमा सबैले खबरदारी गर्नु पर्ने कुरामा जोड दिएका छन । मौलिक नेपाली लोक गीतमा काम गरिरहेका कलाकार द्वयले सन्देश मुलक रचना शृजना नै जनताको रुचि भएको ले त्यस्तै फरक गीत लिएर आफुहरु पनि बजारमा आइरहेको भन्दै लोक गीत छेत्रमा पनि सेन्सर बोर्ड भने आवस्यक रहेको बताएका छन ।
प्रतिक्रिया