के तपाईलाई निद्रा नलाग्ने समस्या छ ? यस्तो गर्नुहोस झ्याप्पै निदाउनुहुन्छ

इनेप्लिज २०७५ फागुन १४ गते १२:२८ मा प्रकाशित

निन्द्रालाई मानिसको आधारभूत आवश्यकतामध्येको एक मानिन्छ ।सफल जीवनका लागि आवश्यकताअनुसारको निन्द्रा चाहिन्छ । कस्तो व्यक्तिलाई कति निन्द्राको आवश्यकता छ भन्ने कुरा फरक–फरक हुन्छ । दैनिक प्रत्येक व्यक्तिले यति घण्टा नै सुत्नुपर्छ भन्ने हुँदैन । प्रत्येक व्यक्तिमा फरक हुन्छ तर लगभग २४ घण्टामा ६ देखि ८ घण्टा सुत्नुपर्छ । कसैलाई कम निन्द्राको आवश्यकता पर्छ भने कसैलाई अलि बढी आवश्यकता पर्छ ।

भर्खरै जन्मिएकाबच्चाहरूले त धेरै समय निन्द्रामा नै बिताउँछन् ।उनीहरूले दैनिक १८ देखि २० घण्टा त निन्द्रामा नै बिताउँछन् । वयष्क मानिसले भने ६ देखि ८ घण्टा हुनुपर्छ । तर निन्द्रा नलाग्ने भन्ने कुरालाई हामीले समय तालिकालाई मात्र हेर्नु हुँदैन । कसैलाई निन्द्रा पर्न गाह्रो हुन्छ भने कसैलाई पातलो निन्द्रा पर्ने अथवा पटक–पटक बिउँझिराख्ने र कसैलाई चाहिँछिटो बिउँझिने हुन्छ । हेर्नुहोस भिडियो

प्रतिक्रिया