उपचारमा सबै सम्पत्ति सकिएपछि मन्दिरको बास ! यस्तो छ बुढाबुढीको अवस्था (स्थलगत रिपोर्ट)

इनेप्लिज २०७५ माघ २९ गते ११:५७ मा प्रकाशित

पोखरा, २९ माघ ।

क्यान्सरको उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्दै आएका पर्वतको पाङराङका पदम बहादुर कँडेल दम्पतिलाई पत्रकार प्रल्हाद चन्द्र घिमिरेले आर्थिक सहयोग गरेका छन् ।

पत्रकार घिमिरेले जन्मदिनको अवसर पारेर कँडेल दम्पतीलाई नगद ५ हजार सहयोग गरेका हुन् ।

जन्मदिनमा कतै सहयोग गर्नुपर्ला भन्ने सोचिरहेको थिएँ, त्यसै क्रममा पदमबहादुर बुबाको बारेमा जानकारी पाँए, घिमिरेले भने – क्यान्सरको उपचार गर्दा घरखेत लिलाम भएर उपचारमा समस्या भएको र मन्दीरमा बस्नुपर्ने बाध्यता रहेछ साहै्र दुख लाग्यो ।
६७ वर्षिय कँडेल सहयोग पाए अझै बाँच्न सक्ने बताउछन् । पुजारी काम गर्दै आएका कँडेल रोग लागेपछि पुजा आजा गर्न नसक्ने भएका छन् । पिसाब चुहिरहन्छ जुठो पिठो भएरर के भगवानको छेउमा जानु, आजकाल पुजा गर्न सकेको छैन, पदमबहादुरले भने – सम्पतिपनि सकियो, जिवनभर पुजारी भएर काम गरेँ त्यसैले मरे पनि शिवकै मन्दीरमा प्राण जाओस भनेर यहाँ आएर बसेको हुँ । हेर्नुहोस भिडियो

प्रतिक्रिया