सनसनीपूर्ण तथ्यहरूको खुलासा: राष्ट्रनायक पृथ्वीनारायण शाहले नाक काटेकै हुन्।(भिडियो सहित)

इनेप्लिज २०७५ पुष २७ गते ११:४३ मा प्रकाशित

बरिष्ठ पत्रकार एवम राष्ट्रबादि चिन्तक प्रेम कैदीले पृथ्वीनारायण बारे अफबाह फैलाउनेहरु पस्चिमा पादरीका दलाल भएको आरोप लगाएका छ्न । पृथ्वीनारायणसाहले गरेको नेपाल पुनएकिकरणमा बाइसी चौबिसे राज्यहरूमाथी प्राप्त गरेको विजयले गोर्खा जातीको अन्तरास्ट्रिय अस्तित्व स्थापित गरेको विषयलाई बिर्सिएर पृथ्वीनारायण साहलाई बिस्तारबादी र युद्ध अपराधी भन्नू पाखण्डता भएको भन्दै नेपाली जाती को अन्तरास्ट्रिय शक्ति सग लड्ने सामर्थ्य कसैले समाप्त भयो भन्ने ठान्छ वा देश भित्रका फिरिङ्गीका दलालहरुले नेपाली जनताको मन बाट पृथ्वीनारायणलाई हटाइ सक्यौ भन्छ भने त्यो मुर्खता हुने बताएका छ्न । पृथ्वीनारायण बिस्तारबादी नभएर उत्तर चीन र दक्षिण भारतको समेत प्राण दाता भएको भन्दै पृथ्वीनारायणलाई दुस्मन भन्दै प्रचार गर्न चाहने तत्वले अङ्ग्रेज सगको दाउपेच बिरुद्ध दक्षिण एसियामै सबै भन्दा धेरै लडेको त्यो युगको नायक पृथ्वीनारायण बाहेक अर्को को छ रु यस्को हेक्का राख्न नसकिरहेको आसय ब्यक्त गरेका छ्न ।

पृथ्वीनारायणको युद्ध सग किर्तिपुरलाई विशेष रुपले लिने र प्रचार गर्ने गरिए पनि किर्तीपुरमा कसैको भौतिक रुपमा नाक काटिएको प्रचार गलत भएको बताएका छ्न । अरु राज्यहरु मध्ये किर्तिपुर बलियो भए पनि पृथ्वीनारायणले सहज रुपमा बिजय हासिल गर्दा किर्तिपुरका राजा र रैतीलाई लज्जा बोध भयो भन्ने आसयमा नेपाली उखान नाक काटियो को प्रयोग मात्र भएको तर आज आएर पादरीको बिकारमा डुबेकाहरुले त्यही उखानको गलत व्याख्या गर्दै इतिहास कै बद्नाम गर्न खोजी रहेको बताउनु भयो । पृथ्वीजयन्ती को सन्धर्ब पारेर गरिएको एक कुराकानी मा वहाले बर्तमान सरकारले पृथ्वीनारायण साहको अपमान गरिरहेको प्रती आक्रोश ब्यक्त गर्दै पृथ्वीनारायण को अपमान गर्नु आकाश तिर फर्किएर थुक्नु हो भन्ने नबुझेकै कारण आज नेताहरु आफुले खनेको खाडलमा आफै घोप्टिन पुगेको बताए ।

प्रतिक्रिया