पोखराले यसरी थाल्यो न्यू इयर सेलिब्रेसन “हेर्नुहोस भिडियो”

इनेप्लिज २०७५ पुष १४ गते १२:५० मा प्रकाशित
यसै पनि पर्यटकको स्वागतमा जागिरहन्छ, पोखरा । अंग्रेजी नयाँ वर्ष होस् या नेपाली नयाँ वर्ष होस् पोखराले सामूहिक उत्सव मनाउँछ । केही न केही उत्सव भइरहने पोखरामा अर्को महाउत्सव सुरु भएको छ ।
फेवाताल किनारमा अंग्रेजी नयाँ वर्ष उत्सवका रुपमा सेलिब्रेसन हुँदैछ । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ नाम दिएर पोखराले नयाँ वर्षको भव्य स्वागत गरेको हो । २० वर्षअघिसम्म यही बेला सुनसान हुने पोखरा अहिले हजारौं पाहुनाको भीडले गुल्जार छ । रेस्टुरेण्ट एन्ड बार एसोसियसन रेवान पोखराले गर्दै आएको सडक महोत्सव अहिले देश–विदेशका पर्यटकको रमाउने उत्कृष्ट गन्तव्य बनेको हो ।
महोत्सवको उद्घाटन सेवा किनार पार्कमा भए पनि डिहिको पाटनदेखि शहिदचोकसम्म साढे तीन किलोमिटर क्षेत्र उत्सवमय हुनेछ । सडकमै राखिएका छन् – खाना, खाजाका परिकारदेखि विभिन्न सांगीतिक कार्यक्रमसम्म । विदेशका विभिन्न स्वादका खाना लेकसाइडका सडकमै पर्यटकले चाख्न पाउने छन् ।
“भिडियो”

प्रतिक्रिया